भक्तपुर : लकडाउनको समयमा उल्लंघन नगर्न सम्झाउँदा प्रहरीमाथि गुलेली तथा चक्कु प्रहार भएको छ। भक्तपुर सुर्यविनायक चोकस्थित खटिएका प्रहरीले एक व्यक्तिलाई लकडाउनको समयमा बाहिर हिड्न नहुने भन्दै सम्झाउदै गर्दा ती व्यक्तिले उल्टो निहुँ खोजेर गुलेलीले प्रहरीमाथि नै प्रहार गरेर फरार भएका थिए।
उक्त व्यक्ति भागेपछि प्रहरीले लखेट्दै समाउन खोज्दा पुन चक्कु प्रहार गेर। स्थानीयको सहयोगमा प्रहरीले ती व्यक्तिलाई समात्न सफल भएको छ । गुलेली र चक्कुसहित उनले नियन्त्रणमा लिएको महानगरिय प्रहरी वृत्त जगातीले जानाएको छ ।