०७ बैशाख काठमाण्डौ- रामेछाप जिल्ला सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला उप-सचिव तथा महिला बिभाग प्रमुख सरिता खातीले आफ्नो उम्मेदवार दाबि गरेकी छिन।
समग्र सुनापति गाउँपालिकामा महिला हक हित र अधिकारको साथै आम जनताको भावना अनुरुप काम गर्नकोलागि आफु योग्य र सक्षम रहेको र सोहि अनुरुप काम गरेर देखाउने प्रतिबद्दताकासथ आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको खातीले सुनौलोपानालाई जानकारी गराईन।आफुले पार्टीमा सक्रिय भूमिका निर्वाह गरिरहेको र पार्टीलेपनि बिश्वास गरेर आफुलाई टिकट दिनेमा आफु बिश्वस्त रहेको खातीले बताईन।
राजनीतिमा युवा पुस्ताको नेतृत्व आवश्यक रहेको र अराजनीतिक गतिबिधिहरुको अन्त्य गर्न अत्यावश्यक रहेको हुदा आफु नेतृत्वमा पुगेमा सम्पूर्ण कार्यक्रमलाई समान ढंगले अगाडी बढाउने समेत बताईन।