१० बैशख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटी उपाध्यक्ष तथा मन्थली नगरपालिका वडा न. १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठ एमाले प्रवेश गरेका छन।
स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनय दर्ता गराउने अघिल्लो दिन उनी एमाले प्रवेश गरेका हुन।श्रेष्ठ सहित दर्जनौ युवाहरु एमालेमा प्रवेश गरेका छन।श्रेष्ठ सहित दर्जनौ युवाहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेललेस्वागत गरेका हुन।