रामेछाप– लकडाउनको कारण उपत्यकामा अलपत्र परिरहेका रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं.३ का स्थानियबासिन्दाहरुको सकुसल उद्वार गरिएको छ । गत बुधबार वडा नं. ३ का वडा अध्यक्ष बाबुराम तामाङको पहलमा र गाउँपालिकाको समन्वयमा ५ ओटा गाडीको ब्यवस्था गरि करिब २८५ जनाको सकुसल उद्वार गरिएको हो।
उद्वार गरिएका प्रत्यकको स्वास्थ्य चेकजाँच गरिएको छ र सबै सामान्य अवस्थामा छन र सबैलाई आ-आफ्नो घरमा सुरक्षित बसोबास र स्वास्थ्यको उचित हेरचाहकोलागि समेत वडाले सुझाव दिइएको छ। स्थानीयको उद्वारमा समन्वय र सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष तामाङले धन्यवाद दिएका छन।
त्यस्तै केहिदिन अगाडी वडामा कोरोना संक्रमण आशंकामा विदेशबाट आएका ६ जनाको र्यापिड टेस्ट गराईएको र ६ जनाकै रिपोर्ट नेगटिभ आएको वडा अध्यक्ष बाबुराम तामाङले बताएका छन । वडाले कोभिड–१९ को संक्रमणबाट बच्नकोलागि जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि नगरीकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी थप जनचेतनामुलक कार्यक्रमको ब्यवस्था गर्ने अध्यक्ष तामाङले बताए।
नागरिकको स्वास्थ्य र सुरक्षाकोलागि जस्तोसुकै चुनौती आईपरेपनि सामना गर्दै अगाडी बढ्ने र कोरोना महामारीको कारण कोहिकसैलाई पनि भोकभोकै मर्न नदिने उनले प्रतिबद्दता ब्यक्त गरेका छन।