Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापति महादेव मन्दिरमा जनै पुर्णिमाको दिन बिशेष मेला,पालिका अध्यक्षदेखि समाजसेवी,स्थानीयको यस्तो भनाई

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन २८, २०७९
in FEATURE, समाचार
0
रामेछापको सुनापति महादेव मन्दिरमा जनै पुर्णिमाको दिन बिशेष मेला,पालिका अध्यक्षदेखि समाजसेवी,स्थानीयको यस्तो भनाई
165
SHARES
Share on FacebookShare on Twitter

२०७९ साउन २७ सुनापति- रामेछापको सुनापति गाउँपालिकाको सुनापति महादेव मन्दिरमा शुक्रबार जनै पूर्णिमाको दिन मेला लागेको हो।अन्य दिन मानिसहरु सामान्य पुजा गर्ने तथा घुमघामकोलागि आउने गरेतापनि जनै पूर्णिमाको दिन भने बिशेष दिनको साथै मेला लाग्ने भएकोले भक्तजनहरुको बाक्लो उपस्थिति रहने गर्दछ।उक्त दिन मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले पुजाको सामग्रीकोसाथै नरिवल, हरियो मकैको घोगा, काक्रो,सुन्तला लगायत आफ्नो जमिनमा उत्पादित अन्य अन्न तथा फलफुलहरु समेत चढाउने गर्दछन।

सुनापति महादेव मन्दिरको पुजा गर्दा आफु र आफ्ना परिवारमा सुख शान्ति छाउनुकोसाथै आफुले मागेका कुराहरु पुरा हुने धार्मिक बिश्वास रहदै आएको छ।

सुनापति महादेवको मन्दिरको मूल द्वार मन्दिर नजिकैको पहरामा रहेको र त्यहाँ दर्शन गर्न भक्तजनहरुलाई कठिन हुने भएकोले हाल रहेको मन्दिरमा महादेवको शिला थापना गरि मन्दिर निर्माण गरि भक्तजनहरुलाई दर्शन गर्नकोलागी सहज बनाईएको हो।

उक्त दिन सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ,वडा न. ३ का वडा अध्यक्ष कुल बहादुर थिङ्ग,समाजसेवी तस्बिर लामा, सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज मोक्तान तामाङ(जेनिश),सचिव रोहित मोक्तान लगायतले सुनापति महादेव मन्दिर परिसरको स्थलगत निरीक्षण समेत गरेका थिए।सुनापति महादेवलाई कसरि पर्यटकीय गन्यब्यको रुपमा स्थापना गरि स्तर उन्नतिकोसाथै प्रवर्दन र विकास गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त स्थलगत निरीक्षण गरिएको हो। गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिका महाभारत पर्वतसंगै सुनापति डाँडाडाँडा र अग्लेश्वारी बराबरीमा रहेको र सुनापति धुपीको बोटहरु रहनुको साथै सुनापति महादेव रहेकोले पनि गाउँपालिकाको नाम पनि सुनापति राखिएको बताए।सुनापति महादेवको मन्दिरको संरक्षण प्रवर्दन र स्तर उन्नतिकोलागि आफु हरदम तयार रहेको बताए।सुनापति गाउँपालिकाको चिनारीको रुपमा यसलाई प्रचारप्रसार गरिनुको साथै आन्तरिक तथा वाइह्य पर्यटक भित्राउनकोलागि सुनापति महादेवको मन्दिरले महत्वपूर्ण भूमिका खेल्ने बताए।साथै मन्दिरको मूल द्वारसम्म गई भक्तजनहरुले दर्शन गर्न सक्ने व्यवस्थाकोलागि चाडैनै काम सुरु गर्ने समेत बताए।सुनापति महादेव मन्दिरकोसाथै लहरेमाने,चिया बगान,बुद्धको मुर्ति,मछिन्द्रनाथको मुर्ति लगायतले पनि सुनापतिलाई पर्यटकीय स्थल बनाउनमा थप भूमिका खेल्नेमा जोड दिए।त्यसैगरी वडा न. ३ का वडा अध्यक्ष कुल बहादुर थिङ्गले धार्मिक र पर्यटकीय गन्तव्यको स्थल बनाउनकोलागि वडाबाट गर्नुपर्ने पहल कदमी र कार्यकोलागि आफु तयार रहेको बताए।समाजसेवी तस्बिर लामाले भने सुनापति आफैमा पनि पर्यटकीय गन्तब्य स्थल भएको र यसमाथि पनि विभिन्न धार्मिक संरचनाहरुले सुनापतिको चिनारीकोलागि महत्वपुर्ण अर्थ राखेको बताए। सुनापति महादेव मन्दिरको मुख्य द्वारसम्म गएर भक्तजनहरुलाई दर्शन गर्नकोलागी चाडो भन्दा चाडो बिज्ञ टोलिलाई निरीक्षण गर्न लगाई कार्य सुरु गर्न गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन।जसले गर्दा आन्तरिक तथा बाहिय पर्यटकलाई सुनापति महादेव मन्दिर दर्शन गर्न सहजता आउनेमा जोड दिए।सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज मोक्तान तामाङ (जेनिश) ले बिगतमा स्थानीय केहि व्यक्तिहरुको संरक्षणमा रहेको सुनापति महादेवको मन्दिर हाल भने संरक्षण समितिनै गठन गरेर कार्य गरिएको र संस्थाको राम्रो प्रवाभ परेको बताए यति मात्रै नभई मन्दिर संरक्षणकोलागि थप प्रभावकारी कार्य गरि मन्दिर दर्शन गर्न आउने भक्तजन लगाएत अन्य व्यक्तिहरुकोलागि सहजता प्रदान गर्नेमा जोड दिए। संस्थाका सचिव रोहित मोक्तानले भने गाउँपालिका सँग राम्रै सहकार्य गरि मन्दिरको रेखदेख तथा संरक्षण भैरहेको र आगामी दिनमा पालिका सँग थप सहकार्य गरि मन्दिर संरक्षणकोलागि महत्वपूर्ण कार्यहरु अगाडी बढाउने बताए।

त्यस्तै निरीक्षणमा सहभागी स्थानिय तेज मोक्तानले भने जनै पुर्णिमा जस्तो बिशेष अवसरमा सुनापति महादेव मन्दिर दर्शनकालागि बिशेष गरि हिन्दु,बौद र बोन धर्मका मानिसहरु आउने गरेको र झाक्रीहरु आई बिधि पुर्वक पुजा पाठ गर्ने गरेको बताए।जनै पुर्णिमाको बिशेष अवसरमा सुनापति महादेवको दर्शन गर्न आउनुकोसाथै विभिन्न ब्यापारीहरुले पसल, होटल राख्ने गर्दछन भने मेलामा गित गाएर नाचेर समेत मनोरंजन गर्ने गरिन्छ।

Previous Post

काठमाण्डौमा चिनियाँ नागरिक अपहरित, ६ जना पक्राउ

Next Post

रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिने बिशेष ओपिडी सेवा संचालन

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिने बिशेष ओपिडी सेवा संचालन

रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिने बिशेष ओपिडी सेवा संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist