Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछाप पार्टि पुर्नगठनको एक वर्ष : लालसिङ घिसिङ

सुनाैलाे पाना  सुनाैलाे पाना
भदौ १०, २०७९
in FEATURE, समाचार
0
एमाले रामेछापमा विद्रोह शुरु
215
SHARES
Share on FacebookShare on Twitter

पार्टि पुर्नगठनको एक वर्ष : लालसिङ घिसिङ (रामेछाप)
लालसिङ घिसिङ

पार्टी पुर्नगठनको आवश्यकता र औचित्य ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को पुर्नगठन को औचित्य मुख्य प्रश्न हो । यो पार्टी नेकपा (एमाले) बाट फुटेको भन्दा पनि कम्युनिष्ट आन्दोलनको रक्षा तथा नेपाली जनताको लामो संघर्ष र बलिदानी बाट प्राप्त उपलब्धिको रक्षा गर्नको लागि राष्ट्रको आवश्यकता अनुसार पुनः गठन गरिएको हो । यो पाटि स्थापना भन्दा पन िपुर्नगठन गरिएको हो ।

२०७४ सालको स्थानीय चुनावमा माओवादीले कांग्रेससँग तालमेल गरे पनि अपेक्षाकृत नतिजा नआए पछि अस्तीत्व जोगाउन चेपुवामा परेको माओवादी बाम गठबन्धन गरेर पुनः स्थापित हुन चाहन्थ्यो। स्थानीय तहको चुनाव आफ्नो नेतृत्वमा गरेर देउवालाई प्रधानमन्त्री बुझाएर बसेका प्रचण्ड संघ र प्रदेशको चुनावमा आफ्नो पार्टीको बलियो उपस्थिती चाहन्थे । यता एमालेमा पनि पार्टी अध्यक्ष समेत रहेका केपी ओली जसरी पनि देशको प्रधानमन्त्री बन्न चाहन्थे । एमाले ठूलो पार्टी बन्ने स्थानीय चुनावको तथ्यांकले देखाए पनि सरकार गठन गर्न प्रयाप्त सिट कुनै दलसँग नहुँने निश्चित जस्तै थियो । किनकि संविधानमा मिश्रित चुनावी प्रणलीको व्यवस्था गरिएको छ ।

माओवादी सहभागी देउवा नेतृत्वको सरकारले देशमा दूइ चरणमा चुनाव गर्ने गरि प्रदेश र संघको चुनावको मिति घोषणा ग¥यो । लगतै माओवादी र एमालेका दोस्रो तहका नेता हुँदै चुनावमा बाम गठबन्धन बनाउने र चुनावी तालमेल गर्ने निर्णय भयो । एमाले र माओवादी बिच गठबन्धन बनाएर चुनावी तालमेल गर्ने र एउटै घोषणापत्रमा चुनाव लड्ने निर्ण भयो । माओवादी भने गठबन्धनमा सामेल पनि भयो र कांगे्रस नेतृत्वको सरकारमा पनि बसि राख्यो । एमाले र माओवादीले ६०÷४० प्रतिशत सिट भागबण्डा गरे र भविष्यमा एउटै पार्टि बनाउने शर्त गरि चुनावी मैदानमा गए । अन्तः २ चरणमा देशभर चुनाव भयो र वामगठबन्धनको पक्षमा व्यापक जनमत प्रकट भयो । एक्लै चुनाव लडेको कांग्रेस वाम गठबन्धनको अगाडी नीरिह सावित हुँदै प्रत्यक्ष तर्फ जम्मा २३ सिटमा खुम्चियो ।

कांग्रेसलाई लज्जास्पद हार चखाउन सफल गठबन्धन भने उत्साहित थियो र सरकारमा जाने तयारी गर्दै थियो । कांग्रेसले ३ महिना आलटाल गरेर फागुनमा मात्र सरकार छोड्यो । गठबन्धनको तर्फबाट ठूलो दलको हैसियतले एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सफल भए । चुनावी तालमेल मात्र नभएर पार्टीनै एक बनाउने तथा विकास र सुशासनको लागि स्थीर राजनीति भनेर जनता सामु मत मागेकोले त्यो प्रतिवद्धता पुरा गर्ने भन्दै पार्टी एकिकरणको लागि प्रयाप्त मात्रमा सैद्धान्तिक तथा वैचारिक बहसनै नचलाइ मओवादी र एमालेका सीमित नेताबीच पदीय भागबणडा गरि हतार हतारमा २०७५ जेठ ४ गते पार्टी एकताको घोषणा गरियो र एकिकृत पार्टिको नाम नेपाल कम्युनिष्ट पार्टि (नेकपा) राखियो । जुन नाम विवादित पनि भयो । र पार्टिको नामलाई लिएर अदालतमा मुद्दा समेत प¥यो । एकिकृत पार्टीको अध्यक्षमा मओवादीका प्रचण्ड र एमालेका ओली अध्यक्ष भए । भागबण्डा शैलीमा मात्रै गरिएको एककिरण अन्य नेता तथा कार्यकर्तालाई मन परेको थिएन । तर खुलेर विरोध भने कसैले गरेनन् ।

गठबन्धनले पाएको मत करिव दूइ तिहाइ नजिक थियो । गठबन्धन नेकपा पार्टिमा रुपान्तरण भएकोले नेकपा एकल बहुमत प्राप्त गर्ने पार्टी बन्यो । ओली शक्तिशाली बन्दै गए, पार्टीको निर्णय लत्याउन थाले जनताले ५ वर्ष चलाउन मलाई जनमत दिएका हुन भन्दै सरकार सन्चालनमा एकलौटी गर्न थाले पाछि नेकपामा किचलो सुरु भयो र पार्टीको भविष्यनै अनिस्चित भयो । ओलीको एकलौटीले नेकपा र देश दुबैको भविष अन्धकार तर्फ गएको पार्टी भित्र तथा बाहिर विष्लेशण गर्न थालीयो । नेकपा भीत्र ओलीको विकल्म खोज्न थालीयो ।
अन्तत आफुलाई सर्वेसर्वा ठान्ने ओलीले बैदेशिक शक्तिको उक्साहट र राष्ट्रपतिको आडमा २०७७ पुस ५ गते संसद विघट गरे । त्यो पनि दुइ दुइ पटक । जुन संविधानमा परिकल्पनानै गरिएको थिएन । ओलीको यो कदम सरास असंवैधानिक थियो । ओलीले संसद विघटन गरे पनि सर्वोच्च अदालतले उल्टाइ दियो । पछि नेकपा भित्रै समानन्तर कमिटि गठन अभियान चल्यो । फागुन २३ गते नेकपा र मओवादीको एकीकरण सर्वोच्च अदालतले बदर ग¥यो । एमाले र मओवादी व्यूँतीए । एमाले भीत्र शक्तिशाली भएका ओली अझै सुध्रिन चाहेनन् झन उनको शनकपन बढ्न थाल्यो र पार्टि भित्रका असन्तुस्ट माधव समूहलाई एमालेमा प्रवेश गर्ने वातारण नै दिएनन् र संविधार र कम्युनिष्ट आन्दोलन जोगाउन आन्दोलन गरिरहेका माधव नेपाल समूहले निर्वाचन आयोगमा अर्कै दल दर्ता गर्ने निर्णय गर्न वाध्य भए र परिणम स्वरुप २०७८ भदौ ९ गते नेपाल कम्युनिष्ट पार्टि (एकिकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भयो ।

रामेछापमा पार्टि पुर्नगठन र संगठन विस्तार
भदौ ९ गते नेकपा –एस) ले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरे पछि देशै भरी पार्टि पुर्नगठन अभियानले तीव्रता पायो । यसै शिलशीलामा रामेछाप जिल्लामा आसोज ९ गते व्यापक जनसहभागितामा पार्टी नेता लालसिं घिसिङको अध्यक्षतामा भेला आयोजना गरियो । रमेश बस्नेतको अध्यक्षतामा ११९ जिल्ला सदस्यीय जिल्ला कमिटि गठन गरियो र सचिवमा लालसिं घिसिङलाई चयन गरियो । सोही दिन जिल्ला समति सदस्य मध्येबाट २५ सदस्यीय जिल्ला सचिवालय गठन पनि सम्पन्न गरियो ।

रामेछापमा नेकपा एसले संगठन विस्तारको कामलाई तीव्रता दियो । गोश्वारा देखी गुम्देल सम्म संगठन निर्माणमा जुट्यो । र सोही अनुसार ८ स्थानीय तह, ६४ वडा र पार्टिका विभिन्न जनवर्गीय संगठन विस्तार गर्न पार्टिका नेता तथा कार्यकर्ताहरु अहो रात्र लागि परि रहे । विचमा कोभिड संक्रमणको बढ्दो दरले हामीले नचाहदा नचाहदै पनि हाम्रो संगठन निर्माणको अभियानलाई स्थगीत गर्न प¥यो । कोभिड संक्रमण मत्थर हुँदै गए पछि देशमा स्थानीय चुनावको मिति घोषण भयो । पार्टी चुनावको तयारीमा लाग्न प¥यो । कोभिड संत्रमणको असर, चुनावको तयारी तथा एमालेको व्यापक अवरोध तथा बाधाका बावजु पानि रामेछापमा एक नगरपालिका सहित ६ वटा स्थानीय तहमा पार्टीको संगठन विस्तार तथा पुर्नगठन गर्न सफल भयौं । हाल सम्म ३ वटा जिल्ला बैठक तथा ५ पटक सचीवालय बैठक सम्पन्न भइ सकेका छन । बाँकी वडा तथा स्थानीय तहमा पनि निकट भविष्यमै संगठन विस्तार गर्ने छौं ।

स्थानीय चुनाव २०७९ को समिक्षा
विभन्न अड्कलबाजीका विच सरकाले २०७९ बैशाख ३० गते देशभर एकै चरणमा सम्पन्न हुँने गरि स्थानीय तहको चुनावको मिति घोषणा ग¥यो जुन सबैका लागि स्वागत योग्य कुरा थियो । र देशभरीबाट स्वागत गरियो । तीनै तहको चुनावमा गठबन्धन दलबीच तालमेल र सहकार्य हुने सहमती अनुसार रामेछपमा पनि गठबन्धनका दलहरुबिच चुनावी तालमेलको कसरत र बैठक भए । तालमेलको आधारभूत कुरा समेत विर्सिएर विशेषगरि नेपाली कांग्रेस र आओवादीले अहंता देखाए पछि रामेछपमा गठबन्धन दलबीच चुनावी तालमेल हुनसकेन । उम्मेदवारको मनोनयत दर्ता पश्चात कांगेस र मओवादीले भने जिल्लाको बहुमत पालिकामा अघोषितरुपमा चुनावी तालमेल गरे ।

नेकपा एसले ४ पालिकामा अध्यक्ष, ३ पालकामा उपाध्यक्ष र २७ वडामा अध्यक्षको उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको थियो । जसमध्ये मन्थली नगरपालिका ५ नं. वडामा वडाअध्यक्षका उम्मेदवार विजयी हुन सफल भए । जिल्लाभरिबाट नेकपा एसका उम्मेदवारले ७ हजार भन्दा बढी मत ल्याउन सफल भए । पार्टी पुनः गठनको छोटो अवधि र प्रतिकुल परिस्थीतिमा पनि जिल्लामा ७ हजार बढी मत आँउनु पार्टीको उपलब्धी नै मान्नु पर्छ । तर सन्तुष्ट भएर बसिराख्नु चाँही हुन्न ।

पार्टिको भावी रणनीति तथा कार्यक्रम :
कम्युनिष्टको खोल ओढेका दक्षिणपन्थी अवसरवादीलाई परास्त गर्दै संविधान, लोकतन्त्र तथा हाल सम्म प्राप्त उपलब्धीको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई अक्षुण राख्न नेकपा समाजवादी पार्टीको पुनः गठन भएको हो । देशमा समतामूलक समाजवादी व्यवस्था स्थापना गर्नु यो पाटीको मूल उद्देश्य हो । पार्टीको केन्द«बाट जारि भएको अन्तर पार्टि निर्देशन (अपानि)को आधारमा पार्टीका नेता, कार्यकर्ता, तथा संघ संगठनहरु सन्चालन गरिने छ । पार्टीको नीति, रणनिति, नियम, कार्यक्रम, योजना, विधान तथा केन्द«बाट जारि निर्देशननै जिल्ला पार्टीको भावी रणनिति, योजना तथा कार्यक्रम हो । रामेछापमा नेकपा एसको बलियो उपस्थीति गराउन अझ नेता कार्यकर्ता सक्रिय हुन आवश्यक छ ।

अन्त्यमा :
नेकपा देखी एमाले सम्म ओलीका असंवैधानिक कदम तथा स्वेच्छाचारीता विरुद्ध खबरदारी गर्दै आएका र खरो रुपमा उत्रिएका , अविचलित योद्धा झैं उभिएका माधाव समूहका कतिपय सहयोद्धा तथा सहयात्रीहरु विचैमा अविचलित हुन पुगे । कोही पदमा लोभिए, कोही संवैधानिक नियुक्तिमा लोभिए त कोहिले विद«ोह गर्न डराए । आन्दोलन उत्कर्षमा पुग्नै लाग्दा यस्तो गर्नु खासमा एक किसिमको धोखानै हो । केन्द«मा गरिएको यस्तो व्याहारको असर देशै भर प¥यो र रामेछाप पनि अछुतो रहेन । आन्दोलनका सहयोद्धाहरुमा विचलन आए पछि पार्टि पुनः गठनमा सहजता त पक्कै थिएन । कठीन घडीमा कुनै पनि लोभमा नपरी निष्ठापूर्वक इमान्दार भएर सतिशालझैं उभिएर उर्जा भर्दै रामेछापमा अभिभावकीय भूमिका निर्वाह गर्दै संगठन विस्तारमा उच्च योगादान पु¥याउने एक अविचलित कम्युनिष्ट योद्धा क. देवशंकर पौडेललाई जुनसुकै शब्दले आदार सम्मान गर्दा पनि अपुरो हुन्छ।

लालसिङ घिसिङ नेकपा (एस) रामेछाप जिल्ला कमिटि सचीव हुन।

Previous Post

नेपाल उमा कुङफु सघं दोलखाको प्रथम भेला सम्पन्न: अध्यक्षमा पेरिस गिरी

Next Post

पछाडी ‘बा’ भएकाहरुलाई बिदा गर्नुपर्छ किनकि अगाडि ‘बा’ भएका डोजर लिएर निस्किसके- रवि लामिछाने

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
पछाडी ‘बा’ भएकाहरुलाई बिदा गर्नुपर्छ किनकि अगाडि ‘बा’ भएका डोजर लिएर निस्किसके- रवि लामिछाने

पछाडी 'बा' भएकाहरुलाई बिदा गर्नुपर्छ किनकि अगाडि 'बा' भएका डोजर लिएर निस्किसके- रवि लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist