२०७९ भदौ ११ काठमाण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि ‘बा’ भएका केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड तीन जनालाई अब ससम्मान बिदा गर्नुपर्ने बताएका छन। शनिबार काठमाण्डौमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएका (बालेन शाह) डोजर लिएर निस्किसके।
त्यसकोसाथै लामिछानेले पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको बताएका छन। बेथितिविरूद्ध देशमा अराजकता भयो भने न्याय जोगाउन, संविधानको रक्षा गर्न गठबन्धन आवश्कता पर्दछ, दलहरू मिल्नुपर्दछ, गठबन्धन हुनुपर्दछ तर चुनावमा यसरी टुक्राटाक्री परेका पाँच दलीय गठबन्धन गरी जनतामा जानु ठगी भएको उनले बताएका छन।
यस्तो ठगीलाई नेपाली जनताले अनुमोदन गर्नुहुँदैन। चुनावी मैदानमा जनतासामु राजनीतिक दल एक्लैएक्लै आउनुपर्ने बताए।