११ माघ २०८१ शुक्रवार,रामेछाप –“ह्याङला ग्योई ह्याङलान कायी, जाम्बुलिङरिन छार्ना लायी” भन्ने मूल नाराका साथ मन्जुश्री सम्बद २८६१ औं ढुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको उपलक्ष्यमा आगामी माघ २० गते रामेछापको सुनापति गाउँपालिका वडा न. १ गुन्सीको अर्चले चौरमा टुल्कु (३औतारी) घोम्छेन रेम्पोछे ज्युद्वारा छेवाङ र प्रवचनको साथै शुभकामना आदन प्रदान तथा बृहत सान्स्कृतिक कार्यक्रम-२०८१ हुन गईरहेको छ।
बिहिवार पत्रकार सम्मलेन मार्फत कार्यक्रम बारे बिस्तृत जानकरी गर्राईएको थियो।
ल्होछार मूल समारोह समितिले आयोजना गर्न लागेको उक्त कार्यक्रममा टुल्कु (३औतारी) घोम्छेन रेम्पोछेले सोनाम ल्होछारबारे करिब १ घण्टाको प्रवचनदिने कार्यक्रमका संयोजक सुजन डुप्छेनले बताए। उक्त दिन शुभकामना आदन प्रदान तथा बृहत सान्स्कृतिक कार्यक्रम समेत हुनेछ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङको उपस्थिति रहनेछ भने बिशेष अतिथिको रुपमा उपाध्यक्ष गिता बिष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेने छ।
गत माघ ७ गते सुनापति गाउँपालिकामा पुगी सगुन प्रदान गरि पालिका अध्यक्ष तामाङलाई आयोजक कमिटीले निम्तो दिएका थिए।
साँस्कृतिक मनोरंजन प्रदान गर्नकोलागि गायक सन्जीव घिसिङ,प्रयास दोङ,सन्जोक योञ्जन,जिवन बोम्जन, अविशेक तामाङ,गायिका रोस्ना लुङ्बा,मोडल तथा निर्देशक प्रतिक ड्यासुर,मोडल तथा नायक राहुल मोक्तान,मोडल तथा मिस तामाङ रिया लामा लगायतको उपस्थिति रहने छ। कार्यक्रममा झाँकी प्रदर्शनको साथै अन्य नृत्यहरु पनि प्रदर्शन हुनेछ।
तामाङ समुदायले मात्रै नभएर बौद्द धर्मावलम्बीहरुले ल्होछार (नयाँ साल) लाई मनाउनु पर्ने आयोजक कमिटिका सल्लाकार अमर घिसिङले बताए।
कला संस्कृतिको जगेर्ना गर्नुकोसाथै नयाँ पुस्तामाझ ल्होछारको महत्व बुझाउनकोलागि कार्यक्रमको आयोजना गरेको आयोजक कमिटिले बताएको छ। सुनापति गाउँपालिकामा पृथक कार्यक्रम हुने आयोजकले बताएका छन।
सुनापति गाउँपालिकाको पाचँ वटै वडा भरि दर्शकहरुको आवत जावतकोलागी यातायातको व्यवस्था गरिने आयोजक टिमले बताएको छ।उक्त दिनको कार्यक्रम संचालन सुनिता लुङबाले गर्ने छिन।