२७ चैत,२०८१ काठमाण्डौ, रामेछाप सुनापति गाउँपालिकाको विकास र समृद्दिकोलागि उच्चस्तरीय राजनीतिक नेतृत्व,विज्ञ,व्यवसायी र सम्बद्द पक्षहरुबाट सुझाव आदान प्रदान र प्रतिबद्दता कार्यक्रम सम्पन्न भएको छ।
गत २०८१ चैत्र १६ गते शनिवार भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्स हस्पिटालिटीमा भएको कार्यक्रममा सुनापति गाउँपालिकाको अध्यक्ष ठूलो कान्छा तामाङको सभाध्यक्ष रहेको थियो भने प्रमुख अतिथिको रुपमा उर्जा जलस्रोत तथा सिचाईं राज्यमन्त्रि कान्छाराम तामाङको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिको रुपमा उपस्थित पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ,संविधान सभा सदस्य डिल्लीमान तामाङ,रामेछाप प्रदेश “ख” का सांसद माननीय युवराज चौलागाईं, रामेछाप प्रदेश “क” का सांसद माननीय तारा नारायण श्रेष्ठ, पुर्व प्रदेश सभा सदस्य हिमाली गोले,राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, सुनापति गा.पा. पूर्व अध्यक्ष धावा लामा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्का, जेष्ठ नागरिक मंचका केन्द्रिय सदस्य अम्बर ब. लामा, राप्रपा नेता लालध्वज तामाङ,नेकपा क्रान्तिकारीका नेता फुवाङ्गल मोक्तान,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईं,नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जित ब. मगर,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि केशव चालिसे,नेपाली कांग्रेस महासमिति सदस्य जितेन्द्र मोक्तान,नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला अध्यक्ष कमान सिङ मोक्तान,नेकपा माओवादी केन्द्र रामेछाप प्रदेश “क” सदस्य पेमा लामा,नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य रामकृष्ण लामा,नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य सुमन कुमार लामा,नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य सोनाम ग्यापक, नेकपा एमाले बागमती प्रदेश सल्लाहकार भुवन घिमिरे,नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य दिपेन्द्र कार्की,नेकपा एमाले बागमती प्रदेश विभागीय समिति सदस्य राज मैनाली,नेकपा एमाले बागमती प्रदेश सल्लाहकार ज्ञान कुमार योञ्जन,नेकपा एमाले जिल्ला कमिटि सदस्य अम्बर ध्वज लामा,नेपालि कांग्रेस नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रामेछापको क्षेत्रीय अध्यक्ष राजकुमार लामा,समाजसेवी धनलाल घिसिङ लगायतले सुनापति गाउँपालिकाको विकास र समृद्दिकोलागि सुझाव व्यक्त र आफुले गर्न सक्ने सहयोगको प्रतिबद्दता गरेका थिए। उपस्थित अन्य व्यक्तिहरुले लिखित सुझाव पनि पेस गरेका थिए। साथै कार्यक्रममा वर्तमान,निवर्तमान वडा अध्यक्षहरुको उपस्थिति संगै विभिन्न पार्टीका नेता लगायत समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो।
सुनापति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता बिष्टले स्वागत मन्तब्य राखेकी थिइन। सुझाव संकलन पश्चात अन्त्यमा पालिका अध्यक्ष ठूलो कान्छा तामाङले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य व्यक्तिहरुको भनाई तलको भिडियोमा हेर्न सक्नु हुनेछ।