बैशाख ०७ आइतवार, २०८२,रामेछाप। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको पाँच वटै वडामा नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले नयाँ बर्ष २०८२ सालको भिते पात्रो वितरण गरेको छ।
स्थानीयवासीहरुलाई वर्षभरिको सम्पूर्ण तिथि मितिको स्पष्ट जानकारी होस भन्ने उद्देश्यकासाथ पात्रो वितरण गरिएको कमिटिका अध्यक्ष चण्डेश्वर चौलागाईंले जानकारी गराए। युवा पुस्ताले मोबाईल लगायत अन्य माध्यम मार्फत पात्रोको विवरण थाहा पाउने भएतापनि गाउँका बृद्दबृद्दा नागरिकहरुकोलागि भिते पात्रो निकै नै सहजीकरण र प्रभावकारी हुने अध्यक्ष चौलागाईं बताउछन।
शनिवार नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य ठुलो कान्छा तामाङ, अखिल नेपाल महिला संघ क्रान्तिकारी रामेछाप जिल्ला अध्यक्ष गिता बिष्ट, नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटिका अध्यक्ष चण्डेश्वर चौलागाईं, उपाध्यक्ष बाबुराम तामाङ, सचिव मानध्वज तामाङ,सदस्यहरु,पार्टीका वडा अध्यक्षहरु,सचिवहरु लगायत अन्य सदस्यहरुको सहभागितामा नयाँ वर्षको शुभकामनासँगै गाउँपालिकाको पाँच वटै वडामा भिते पात्रो वितरण गरिएको कमिटिका उपाध्यक्ष बाबुराम तामाङले बताए ।
१० बर्षे जनयुद्दमा सहिद भएका सुनापति गाउँपालिकाका सहिदहरु बाबुराम लामा (पुष्प), धावा लामा (विश्व),तिर्थ गौतम,फत्त यसमाली मगर,दिलमाया बम्जन,बिष्णु चौलागाईं,निलराज तामाङ,प्रदिप दोङ(रक्तिम),बाबुलाल तामाङ (सुब्बा), अटुट तामाङ, धर्ति, चक्र बहादुर बल (सक्षम),नवराज खत्री, कृष्ण कुमार मानन्धर (परिवेश),जनकलाल मानन्धर (आकाश), कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व.निर्मल लामाको तस्बिर पात्रोमा झल्काईएको छ।