काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज देशभर २६ जना संक्रमितको मृत्यु भएको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ पुगेको छ।