काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको चाड तीज नजिकिँदै गर्दा बजारमा थुप्रै तिजका गीतहरू सार्वजनिक हुँदैछन् । तीजका गीतहरु बजारमा आइरहेको बेलामा संगिनी ग्रुपले पनि मौलिक तीजको नयाँ गीत निकालेको छ।
गायिका चयन मगर गुरुङ र आशा पुन मगरको आवाजमा ‘संगिनी’ बोलको तीजको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको हो । सो नयाँ गीतमा शब्द र संगीत किरण बाबु पुनको , केशव बाडुको एरेन्ज र संयोजन कुमार सानु पुन रहेको छ । ।
त्यस्तै, गीतको सम्पादन मनोज कार्कीको रहेको छ भने गीतलाई निर्देशन केशु पुन मगरले गरेका हुन्। गीतमा अभिनय रिना थापा मगर, केशु पुन, प्रिया मगर र निर्मला ओलीको रहेको छ ।
हेर्नुहोस भिडियो :