काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यस्तै अर्का संक्रमित पुरुष बारा, करैयामाई-५ का हुन्। उनको उमेर ३८ वर्ष रहेको छ। संक्रमित हुनेमा ८ पुरुष र एक महिला रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ।
नेपालमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन्