काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ ।सोमबार धुलिखेल प्रयोगशाला र नेपालगन्ज प्रयोगशाला, विराटनगर प्रयोगशाला, भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गर्दा ४७ जनाका कोरोना भाइरस पुष्टी भएको छ ।जसमध्ये ४६ जना पुरूष र एक जना महिला रहेका छन् । यस्तै, धुलिखेल अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
धुलिखेलमा धनुषा, रौतहट, दाङ र धादिङका १/१ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको हो । भैरहवास्थित प्रयोगशामा गरिएको परीक्षणमा गुल्मीका १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जना पुरूषमा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।