२५,माघ,काठमाण्डौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णयको स्वागत गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागतयोग्य भएको बताएका छन।
उनले स्थानीय तह निर्वाचनको तयारीका लागि युद्धस्तरमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलई आह्वान पनि गरेका छन।