काठमाडौँ– अभिनेता पुष्प खड्का ‘एसआई फिटनेस’को ब्राण्ड एम्बासडरमा नियुक्त भएका छन् । उनलाई बुधबार बौद्धमा आयोजित एक समारोहबीच एसआई फिटनेसका सञ्चालक कुमार स्याङ्बोले ब्राण्ड एम्बेसेडर मा नियुक्त भएका हुन् ।
फिटनेसको एम्बेसेडरमा नियुक्ति हुन पाउनु आफ्नो लागि अत्यन्त महत्वपूर्ण रहेको पुष्पको भनाई छ । पछिल्लो समय फिटनेसमा निकै ध्यान दिने उनले ‘मारुनी’ छायांकनदेखि नै आफुले फिटनेसमा बढी ध्यान दिन थालेको बताए ।
फिटनेसकै लागि दैनिक जिम धाउने अहिले यो आफ्नो नियमित कार्यतालिका नै बनेको उनको भनाई छ । ‘हिजोआज जिम मेरा लागि छुटाउनै नहुने काम जस्तै भएको छ । सिनेमा ‘एक्स नाइन’को लागि मैले आठ केजी तौल बढाएको थिएँ । अहिले फेरि घटाउनु परेको छ’, उनले भने ।
पुष्पले नेपाली सिने क्षेत्रका साम्राज्ञी राज्यलक्ष्मी शाह र सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताए । यस्तै, जिम गर्नुपर्ने कलाकारमा भने आफुले दयाहाङ राईलाई देख्ने गरेको उनको भनाई छ ।
यस्तै, फिटनेस सञ्चालक स्याङ्बोले भने पुष्पको क्रेज र जिमप्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको बताएका छन् ।
व्यवसायिक मात्रै नभई सेवा प्रदान गर्ने उद्देश्यका कारण फिटनेस सञ्चालनमा ल्याएको बताउने उनले एसआई फिटनेसको शाखा विस्तार सन्दर्भमा आफुले देशभर नै ब्रान्चहरु खोल्ने योजनामा रहेको सुनाए । सोहि अवसरबीच स्वाङबोले चाँडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको जानकारी समेत दिए ।
यसका लागि कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सुरेश सुवेदी तथा मिरा राईले एसआई फिटनेसलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :