रामेछाप – सुनापति गाउँपालिका वडा नम्बर ३ को हिलेदेवीमा ५५ फिटको सेतो मछिन्द्रनाथ(अवलोकेश्वर) को मुर्ति बन्ने भएको छ । उक्त वडाका वडाअध्यक्ष बाबुराम तामाङको पहलमा सो मुर्ति निर्माण हुन् लागेको हो ।
विशेषगरी गाउँपालिकाको धार्मिक महत्वलाई मध्यनजर गर्नुको साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई समेत लक्षित गरी सो मुर्तिको निर्माण हुने वडा अध्यक्ष बाबुराम तामाङले बताए ।
कृषि र पर्यटन क्षेत्रबाट गाउँपालिकाको विकासको निम्ति टेवा पुग्ने उनको विश्वास छ । यति मात्र नभई सो पालिकामा हाल सुरु भएको चियाबगानमा समेत वडा अध्यक्ष तामाङको सक्रियता रहेको छ ।
यसरी नै गाउँपालिकाको विकासको निम्ति निरन्तर खटिने लक्ष्य रहेको उनले बताए ।