स्थानिय सरकार र सी डि एसबीच सम्झौता सुनापति १ गुन्सिमा बन्ने भयो सामुदायिक स्वास्थ्य इकाई भवन
स्थानिय सरकार गठन भएपछि सुनापति गाउँपालिकाको पाँचै वटा वडामा सामुदायिक स्वास्थ्य इकाई संचालन भएका थिए। स्थानिय सरकारको पहलमा सबै समुदायिक स्वास्थ्य इकाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत सुचिकृत भई मान्यता प्राप्त गरिसकेका छन।साथै स्थानिय सरकार सुनापति गाउँपालिका वडा १ को गुन्सिमापनी सामुदायिक स्वास्थ्य इकाई निर्माण कार्यमा जुटेको छ।
सुनापति गाउँपालिका वडा १ का अध्यक्ष चण्डेश्वोर चौलागाईं दिएको जानकारी अनुसार स्थानिय सरकार र CDS को संयुक्त लगानीमा वडा १ को सिमपानी,धारापानी,गराटी, बोजिनिका जनतालाई पाईप पर्नेगरी सामुदायिक स्वास्थ्य इकाईको आफ्नै पक्कि भवन बन्ने पक्का भएको छ।
उक्त भवन निर्माणकालागी संघिय सांसद श्याम कुमार श्रेष्ठले १५ लाख प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १२ लाख र CDS को सहयोगमा उक्त भवन बन्न लागेको हो ।
उक्त भवन बनाउनको निमित्त महत्वपूर्ण भूमिका निभाउनुहुने सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा,उपाध्यक्ष गिता बिष्ट र संघिय सांसद श्याम कुमार श्रेष्ठलाई सुनापति गाउँपालिका वडा १ का अध्यक्ष चण्डेश्वोर चौलागाईंले हार्दिक धन्यवाद दिएका छन।