रामेछाप : रामेछाप जिल्लाको सुनापति गाँउपालिकामा नेपालको सबैभन्दा ठुलो डम्फु निर्माण भएको छ। तामाङ समुदायको बाक्लो बस्ती भएको सुनापति गाँउपालिकामा यसै समुदायको पहिचान झल्काउने गरि ठुलो डम्फु निर्माण गरिएको हो।

यससँगै सुनापति गाँउपालिकालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले डम्फु निर्माण गरेको समेत गाँउपालिकाका अध्यक्ष धावा लामाले बताए ।











