Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मनाेरञ्जन

‘अनन्त’मा बाँधियो कर्मा र लक्ष्मीको जोडी

सुनाैलाे पाना  सुनाैलाे पाना
चैत्र २३, २०७७
in मनाेरञ्जन
0
‘अनन्त’मा बाँधियो कर्मा र लक्ष्मीको जोडी
173
SHARES
Share on FacebookShare on Twitter

काठमाडौै । अभिनेता कर्मा र लक्ष्मी बर्देवाको जोडी पहिलो पटक पर्दामा एक साथ देखिने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएको दुवैले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् ।

शनिबार नै यो फिल्मको भक्तपुरमा सुटिङसमेत सुरु भएको छ । एक अर्काको प्रशंसक बताउने कर्मा र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ फिल्म गर्ने रहरले आएको प्रस्ताव स्वीकारेको बताए । कर्माले भने, ‘म लक्ष्मीको थिएटरको समयदेखिकै प्रशंसक हुँ तर पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममा पनि उत्तिकै राम्रो काम गरिरहनु भएको छ । यो फिल्ममा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’
उसो त लक्ष्मीले पनि कर्मासँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताइन् ।‘ यो लकडाउनको समयमा मैले कम्तीमा दसवटा जति स्क्रिप्ट पढेँ । कति पैसामा कुरा नमिलेर गरिन, कति भूमिका । यसको कथा र टिम मन परेर गर्ने निर्णय गरेकी थिएँ । यही फिल्ममा कार्मसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्, ‘ किनकि उहाँसँग काम गर्ने मेरो ठूलो रहर थियो ।’

टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।
‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही नै हो तर यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं,’ जेसनले भने । जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउँदै उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै ‘अनन्त’ लेखेको जानकारी गराए ।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्मलाई बबिन दुलालले खिचेका हुन् । फिल्मलाई नवविजय श्रेष्ठले निर्माण गर्न लागेका हुन् । उनलाई निर्माणमा सह निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहनेछन् । रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् । जीवन अधिकारीको समेत अभिनय रहने फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । फिल्म किपालय प्रडक्सनको ब्यानरमा बन्न लागेको हो ।

Tags: Karmalaxmi bardewa
Previous Post

रामेछापको सुनापतिमा नेपालको सबैभन्दा ठुलो डम्फु निर्माण

Next Post

सुनापतिमा सम्पन्न भयो प्रमुख प्रशासकीय अधिकृतको स्वागत र फेरी भेटौला बिदाई कार्यक्रम

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
महाकवी देवकोटाको शव्दमा बालेनको र्‍यापले ‘भावुक’ बनाइरहेको ‘झरीपछिको इन्द्रेणी’को गीतको प्रभाव
FEATURE

महाकवी देवकोटाको शव्दमा बालेनको र्‍यापले ‘भावुक’ बनाइरहेको ‘झरीपछिको इन्द्रेणी’को गीतको प्रभाव

पुस ३, २०८२
विष्णु माझीको यो बर्षको तीज गीत सार्वजनिक,बटुल्दैछ चर्चा (भिडियो)
FEATURE

विष्णु माझीको यो बर्षको तीज गीत सार्वजनिक,बटुल्दैछ चर्चा (भिडियो)

भदौ ८, २०८१
फ्राइडे रिलिज : “मनसँग मन र आँधी तुफान २” प्रदर्शन
मनाेरञ्जन

फ्राइडे रिलिज : “मनसँग मन र आँधी तुफान २” प्रदर्शन

माघ २७, २०७९
अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ वैशाख १ गते प्रदर्शन हुने
मनाेरञ्जन

अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ वैशाख १ गते प्रदर्शन हुने

माघ २४, २०७९
‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
मनाेरञ्जन

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

माघ १५, २०७९
Next Post
सुनापतिमा सम्पन्न भयो प्रमुख प्रशासकीय अधिकृतको स्वागत र फेरी भेटौला बिदाई कार्यक्रम

सुनापतिमा सम्पन्न भयो प्रमुख प्रशासकीय अधिकृतको स्वागत र फेरी भेटौला बिदाई कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    259 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist