बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चन मुक्त भएर घर फर्किएका छन्। कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु मुम्बइ स्थित नानावटी अस्पतालबाट डिस्चार्ज भएका हुन्।
त्यसो त अभिनेता अभिषेक बच्चनले ट्वीट गर्दै ऐश्वर्या र छोरी आराध्याको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्। उनले लेखेका छन् ‘‘निरन्तर प्रार्थना र शुभकामनाको लागी सबैलाई धन्यवाद। ऐश्वर्या र आराध्याको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरियो। अब उनीहरु घरमा हुनेछन्।’
त्यस्तै कोरोना पोजेटिभ देखिएपछि लामो समयदेखि अमिताभ बच्चन र अभिषेक बच्चनको पनि मुम्बइस्थित नानावटी अस्पतालमा उपचार भइरहेको छ।