दक्षिण भारतीय चलचित्रकी अभिनेत्री जयन्तीको सोमबार बिहान बेंगालुरुमामा निधन भएको छ । ७६ वर्षको उमेरमा उनको निधन भएको हो ।
बिमारीका कारण घरमा सुतिरहेको अवस्थामा उनको निधन भएको बताइएको छ । कन्नड, तेलुगू, मलयालम, तामिल र हिन्दी भाषाका सयभन्दा बढी चलचित्रमा उनले अभिनय गरेकी छिन् ।
जयन्तीले सन् १९६३ को कन्नड चलचित्र ‘जेनु गुडु’बाट अभिनय सुरु गरेकी थिइन् । उनले हिन्दी भाषाका ‘तीन बहुरानियाँ’, ’तुमसे अच्छा कौन है’, ‘गुन्डा’मा समेत अभिनय गरेकी छन् ।