काठमाडौँ – देशभर २ हजार ४ सय ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ ।
यस्तै, सोही अवधिमा १ हजार २ सय ५८ जना निको भएका छन् ।
थप ३२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ।