काठमाडौै : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ । उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
छोरीसँगको तस्विर पोस्ट गर्दै प्रियंकाले आफू आमा बनेको फेसबुकमार्फत् जानकारी दिएकी हुन्। उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् ।
प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंका र आयुष्मानले २०७६ साल फागुन १६ गते विवाह गरेका थिए ।