काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘हनी बनी’ मा अभिनेत्री जसिता गुरूङ अनुबन्धित भएकी छिन्। निर्देशक भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत जसिता ‘हनी बनी’मा अनुबन्धित भएको जानकारी दिएका हुन् ।
यसअघि हनी बनीमा अभिनेत्री सारा सिर्पाइली र अभिनेता अनमोल केसी अनुबन्धित भएका थिए। तर उनीहरू फिल्मबाट बाहिरिएसँगै जसिताको इन्ट्री भएको हो। त्यस्तै अभिनेताको भने अझै टुंगो लागि सकेको छैन् ।
एबी इन्टरनेशनलको ब्यानरमा बन्न लागेको यस फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको निर्माण रहने छ ।