काठमाडाैं : फिल्म ‘बिहे पास’ को छायांकन सुरु भएको छ । निर्देशक प्रवेश पौडेलले सामाजिक सञ्जाल फेसबुकमा एक तस्विर सार्वजनिक गर्दै फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन् ।
पाैडेल निर्देशित फिल्म ‘बिहे पास’मा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृती श्रेष्ठ मुख्य भूमिकामा रहनेछन् । पछिल्लो समय फिल्म ‘उत्सव’मा देखिएकी प्रकृति ६ वर्षपछि यो फिल्मबाट कमब्याक गर्न लागेकी हुन् ।
फिल्ममा रोहित कट्टेलको प्रस्तुति रहेको छ । ‘कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा रहेका छन्। फिल्ममा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ।