रामेछाप- स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत सुनापति गाउँपालिकाबाट नेपाल रेडक्रस सोसाईटी हिलेदेबी उपशाखालाई एम्बुलेन्स र शवबाहन संचालन र व्यवस्थापनकोलागि साँचो हस्तान्तरण गरिएको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य श्याम कुमार श्रेष्ठले सोसाईटिका अध्यक्ष पासाङ लामालाई साँचो हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स सेवा पाँचै वटा वडामा समान र न्यूनतम भाडादर कायम हुने र यस पालिका भन्दा बाहिर दुरीको आधरमा न्युनतम भाडा कायम हुने गरि संचालनमा ल्याउने पालिका अध्यक्ष धावा लामाले जानकारी गराएका छन्।
त्यसै गरि कार्यक्रमका बिशेष अतिथिको उपस्थित भएका रुपमा बागमती प्रदेश सदस्य टंकलाल घिसिङले एम्बुलेन्स सेवाको निरन्तरतामा जोड दिनुभयो भने प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेज्युबाट विभिन्न तह र निकायको समन्वयमा एम्बुलेन्स सेवा सुचारु भएको जानकारी गराउनु भयो ।
उक्त साँचो हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षहरु, गाउँसभा सदस्यहरु, स्थानीय बुद्दिजिबी, कर्मचारी लागायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।