पुस २१ रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले रामेछाप जिल्ला सुनापति गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय उद्घाटन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, विशेष अतिथि नेकपा रामेछापका सचिव शान्ति पौडेल, पूर्व माननिय डिल्ली मान तामाङ नेकपाका नेता टंकलाल घिसिङ, प्रदेश कमिटी सदस्य धावा लामा,उपाध्यक्ष गीता विष्ट लगायत वडा अध्यक्षहरू स्थानिय कार्यकर्ता लगायतको उपस्थितीमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अलोकतान्त्रिक र सर्वसत्ताबादी भएको भन्दै नेकपा दाहाल–नेपाल समूहले सुनापति गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरी पार्टी कार्यालय उद्घाटन गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले असंवैधानिक रुपमा गरेको संसद विघटनको विरुद्ध जनस्तरबाट प्रतिवाद गरिने बताउँदै गधालाई धोएर गाई हुदैन गधालाई गधाकै हुलमा जान दिनु पर्छ, ओलीले गरेका निर्णयहरु राष्ट्र बिरोधि थिय भन्ने कुरा जनतामाझ आईसकेको बताउनु भयो।
कार्यक्रमका विशेष अतिथि नेकपा रामेछापका सचिव शान्ति पौडेलले अब हुन लागेको चुनाव जनताको चाहना बिपरित रहेको बताउनु भयो।