काठमाडौं । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘माइकल अधिकारी’को रिलिज मिति तय भएको छ। यो फिल्म आगामी भदौं ३ गतेदेखि रिलिज हुने निर्माण टिमले जनाएको छ ।
फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। माइकल अधिकारी सरोगेसीको कथामा निर्माण गरिएको छ । फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, सुजना ढकाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।
यस फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। निर्देशक पौडेलकै कथा रहेको यस फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन र शैलेश कँडेल क्षेत्रीको पटकथा रहेको छ।