मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२१’को उपाधी जितेकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको उक्त प्रतियोगिता मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी हुन् ।
‘यदि तपाई देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधी जितेकी हुन् । यस प्रतियोगीतामा नेपालकी अनिष्का शर्माले पनि सहभागीता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।